२०८२ बैशाख ५, शुक्रबार १७:३९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको बताएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै बोर्डले यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने बताएको छ।

विद्यार्थी र अभिभावकहरूलाई भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित भएको भन्दै गरिएका प्रचारमा सत्यता नभएको पनि बोर्डको भनाइ छ।

परीक्षासम्बन्धी आधिकारिक सूचना वेबसाइटमार्फत् दिने गरिएको बोर्डको भनाइ छ। साथै बोर्डले विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न भनेको छ।

सहज वातावरणमा परीक्षा सञ्चालनका लागि अभिभावक, शिक्षक र प्रधानाध्यापकहरूबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको पनि बोर्डको भनाइ छ।

नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

सरकारले भने आन्दोलनरत शिक्षकहरूका माग पूरा हुने भन्दै विद्यालय फर्किन आग्रह गरिरहेको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन्।

491808631_1207283200766908_3973008143097688502_n-1744969723.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १५:३३

Comment


Related News

Latest News

Trending News