२०८२ बैशाख ६, शनिबार ०७:४२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

धनुषा जिल्ला प्रशासन कार्यालयमा कार्यरत तत्कालीन नायब सुब्बा गणपति झाविरुद्ध गैरकानुनी रूपमा २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले २०७८ साल वैशाख १९ गते झालाई सफाइ दिएको थियो ।

यस्तै, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण प्रसाद यादवविरुद्ध पनि आयोगले १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई पनि २०७८ साल जेठ २२ गते सफाइ दिएको थियो । दुवै मुद्दामा अख्तियारले बिगो रकम जफत गरी कैद सजाय र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

दुवै मुद्दामा आयोगले बिगो रकम जफत गरी कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, विशेष अदालतको फैसलाबाट आयोग सन्तुष्ट नभएको र त्यसविरुद्ध कानुनी उपचारस्वरूप सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको बताए ।

Comment


Related News

Latest News

Trending News