२०८२ बैशाख ६, शनिबार ०७:४९

नेपाल अडिटर्स एशोसिएशन (अडान) मधेश प्रदेशको सातौं प्रदेश अधिवेशन जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ ।

सातौ अधिवेशनबाट एशोसिएशनको अध्यक्षमा पुनः शोभाकान्त झा चयन भएका छन् । एशासिएसनको उपाध्यक्षमा खुदाम्वर यादव,ह्दयमोहन लाल,सचिवमा रविन्द्र गिरी,सहसचिवमा भुवनेश्वर यादव,कोषाध्यक्षमा नन्दकुमार झा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा योगेन्द्र झा,उपेन्द्र राय,उमेशलाल दास,भरत यादव र रामवैदेही मिश्र रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा पेशागत निष्ठा, पारदर्शिता, नियमन र आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने विषयमा जोड दिइएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष केदारनाथ पौडेल प्रमुख अतिथिका रूपमा सहभागी रहे भने आइक्यानका केन्द्रीय अध्यक्ष प्रविण कुमार झा र अडानका वरिष्ठ उपाध्यक्ष बद्री भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी थिए । अधिवेशनको अध्यक्षता अडान मधेश प्रदेश अध्यक्ष शोभाकान्त झाले गरेका थिए ।

प्रमुख अतिथि अडानका केन्द्रीय अध्यक्ष पौडेलले अडिटरहरू राष्ट्रका आर्थिक प्रहरी भएको उल्लेख गर्दै पेशागत इमानदारी, पारदर्शिता र निष्पक्षता नै अडिट पेशाको मूल आत्मा भएको बताए ।उनले भने, ‘ अहिलेको चुनौतीपूर्ण समयमा अडिटरहरूले आफ्नो भूमिकालाई अझ जिम्मेवार र उत्तरदायी बनाउँदै समाजमा विश्वास बढाउने काम गर्नुपर्छ ।’ उनले नियामक संस्था आइक्यानसँग समन्वय गर्दै संस्थागत सुधारका लागि निरन्तर पहल गरिरहेको जानकारी पनि दिए ।

विशिष्ट अतिथि तथा आइक्यानका अध्यक्ष प्रविण कुमार झाले अडिट पेशाको साख जोगाउन प्रत्येक अडिटरले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए ।उनले भने, ‘ हामीले गर्ने हरेक काम जनताको विश्वास र संस्थागत अनुशासनसँग जोडिएको हुन्छ । सानो गल्तीले पनि पेशाको छवि धूमिल हुन सक्छ ।’ उनले पेशागत अपग्रेडेसनका लागि आइक्यानले नयाँ तालिम र प्रणालीहरू ल्याइरहेको जानकारी गराउँदै अडानसँग सहकार्यलाई अझ मजबुत बनाइने बताए ।

अर्का विशिष्ट अतिथि तथा अडानका वरिष्ठ उपाध्यक्ष बद्री भट्टराईले अडानलाई अझ सशक्त, सुदृढ र समावेशी बनाउन सबै तहबाट योगदान आवश्यक रहेको धारणा राखे ।उनले भने, ‘प्रदेश, जिल्ला र स्थानीय तहसम्म अडिट पेशाको सुदृढ उपस्थितिको लागि हाम्रो संरचना मात्र नभई सोचमा पनि विस्तार गर्नुपर्छ ।’

Comment


Related News

Latest News

Trending News