
सिरहाको मिर्चैयामा खुला नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
खुला नालामा जमेको पानीमा डुबेर मिर्चैया नगरपालिका–५का किसुन साफीको ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको हो ।
शनिबार बिहान घर छेउकै नालामका मृत बालिकाको शव देखेपछि स्थानीयले खबर गरेका थिए ।
मिर्चैया नगर पालिका अधुरो नालाले धेरैको ज्यान लिएको गुनासो स्थानीयले व्यक्त गरेका छन् ।
गाउँ गाउमा बिकास भयो नाला बन्यो तर नालालाई छोपने काम धेरै जसो ठाउमा नभएकाले कयोको ज्यान गईसकेको उनीहरुले बताए ।