२०८२ बैशाख ७, आईतवार ०७:२०

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमा जोडिएको भारत बिहारको मधुवनी जिल्लाको भ्रमण गर्नु अघि दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठक बसेको छ । यही १२ वैशाखमा प्रधानमन्त्री मोदीले मधुवनीको भ्रमण गर्ने तालिका तय भएको जनाइएको छ ।

मोदीको भ्रमणका लागि सुरक्षालाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन भारतीय सुरक्षा अधिकारीले नेपालका सुरक्षा अधिकारीहरूसँग समन्वयात्मक बैठक गरेका छन् । मोदीको भ्रमणलाई लिएर शनिबार भारतको जयनगरमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।

सो बैठकमा नेपालतर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला सुरक्षानिकायका प्रमुखहरू तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए । भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका शीर्ष सुरक्षा अधिकारीहरू, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधिहरू सहभागी थिए ।

सो बैठकमा सहभागी नेपाली अधिकारीहरूका अनुसार भारतीय प्रधानमन्त्रीको आगमनले सीमावर्ती क्षेत्रलाई संवेदनशील बनाउने भएकाले दुवै देशका सुरक्षा संयन्त्रबीच पूर्वतयारी, समन्वय र जानकारी आदान–प्रदानलाई अझ मजबुत बनाउने सहमति भएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

भारतीय पक्षले मोदीको भ्रमण शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित बनाउने प्राथमिकतासहित सीमाबाट हुने गैरकानुनी आवत–जावत, अपराधिक गतिविधि र अवाञ्छित तत्वहरूको निगरानी बढाउने सहमति भएको छ ।

त्यसैगरी सीमावर्ती क्षेत्रमा सहज रूपमा आवागमन गर्न दिने तर सुरक्षा मापदण्ड पालना गराउन प्रस्ट निर्देशन दिने र सम्भावित अप्रिय घटना रोक्न दुवै देशका सुरक्षा निकायले ’¥यापिड रिस्पोन्स टिम’ तयार राख्नेलगायतका सात बुँदामा सहमति भएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News