
जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।
ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानको लागी ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए ।