२०८२ बैशाख ८, सोमबार ०८:०२

नयाँ शैक्षिक सत्र २०८२ को पाठ्यपुस्तकहरूको सूची सार्वजनिक गरेपछि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले जनकपुरधाम उपमहानगरपालिकासंग माग गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले पुस्तक सूची प्रकाशित गर्दै निजी विद्यालयमा हुँदै आएको मूल्य मनपरी, व्यवसायी एकाधिकार र अभिभावकमाथिको आर्थिक बोझ घटाउने प्रयास गरेको छ ।

सार्वजनिक सूचीमार्फत विद्यालयहरूलाई स्पष्ट मापदण्डमा बाँध्ने र अभिभावकलाई जानकारीमा राख्ने रणनीति लिइएको जनाइएको छ । महासंघ धनुषाले उपमहानगरपालिकाको यो पहललाई सकारात्मक र सुधारोन्मुख कदम भन्दै पुस्तक आपूर्ति, मूल्य पारदर्शिता र अभिभावक पहुँचमा सहजता ल्याउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका अनुसार पुस्तक सूची सार्वजनिक गर्नुको उद्देश्य निजी विद्यालयमा पारदर्शिता, अभिभावकप्रति उत्तरदायित्व र पुस्तक विक्रेताबीचको अव्यवस्थित प्रतिस्पर्धालाई नियमन गर्नु पर्छ । महासंघले आगामी दिनमा विद्यालय, अभिभावक र उपमहानगरपालिकाबीच समन्वयको आवश्यकता औंल्याउँदै पुस्तक वितरण प्रणालीलाई पारदर्शी, सुलभ र भरपर्दो बनाउने योजना सार्वजनिक गरेको छ । यसका साथै बजार अनुगमनलाई पनि प्रभावकारी बनाउने बताइएको छ ।

उपमहानगरपालिकाको सो कदम र महासंघको सक्रिय सहयोग घोषणालाई जनकपुरधामका अभिभावक, समाजसेवी र शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले स्वागत गरेका छन् । उनीहरूका अनुसार यस्तो प्रयासले अब निजी शिक्षामा निहित व्यवसायीकरणलाई केही हदसम्म व्यवस्थित गर्न सक्छ ।

Comment


Related News

Latest News

Trending News