२०८२ बैशाख ९, मंगलवार १८:१७

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई उहाँको स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई असहयोग र दबावका कारण भनेर बाहिर चर्चा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिएको विषयमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ नरहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले भन्नुभयाे, ‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’

मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर हिजो राजीनामा पत्र बुझाउनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News