२०८२ बैशाख १०, बुधबार ०७:४७

स्थानीय बजार तथा पसलहरुमा आन्तरिक राजश्व कार्यालय जनकपुरले असार मसान्त आउन लाग्दा छापा तथा अनुगमनलाई तीव्र पारेको छ ।

सो क्रममा विशेष टोलीले बजारमा अनुगमन गर्दै दर्ता नभएका पसलहरुलाई २४ घण्टाभित्र प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । राजश्व कार्यालय जनकपुरका सहायक अधिकृत अजय रौनियारको नेतृत्वमा गएको टोलीले गंगासागर पोखरीको पश्चिमी किनारमा अवस्थित कस्टमेटिक, जुत्ता चप्पल र गारमेन्ट्स पसलहरुमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश पसलहरु व्यवसायिक दर्ताविना संचालन भइरहेको पाइएको जनाएको छ । स्थानीय व्यापारीहरुबीच खुलेआम कारोबार भइरहे पनि वर्षौँदेखि गंगासागर क्षेत्रका धेरै पसलहरुले कुनैपनि कानुनी दर्ता प्रक्रिया पूरा नगरी व्यापार गर्दै आएको देखिएको जनाइउको छ । यस्ता पसलहरुले मूल्य अभिवृद्धि कर (भीएटी), आयकर लगायतका कुनै पनि कर नतिरेको आरोप छ ।

Comment


Related News

Latest News

Trending News