
सुनको भाउ आज एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ ।
सुनको भाउ सात हजार पाँच सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार रुपैयाँ नाै सय रुपैयाँ रहेकाे थियाे ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।