२०८२ बैशाख १०, बुधबार १४:५८

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको जनाएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले बैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापीत गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताउनुभयो । उहाले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता बिपरित बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गर्नुभयो । त्यस्तै माओवादीले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचार विरोधी अभियानलाई उल्टाउने मात्रै नभइ सुशासन कायम गर्न लागेका अधिकारीलाइ छानी छानी दण्डित गर्ने काम सरकारले गरेको जनाएको छ । प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र बिपक्षप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारवाहीको श्रृखला नै खडा गरिएको बताउनुभयो । उहाले वर्तमान सरकारले गरेका निर्णय सवै बिचौलियाहरुको स्वार्थमा जनहित र राष्ट्रहित बिपरित रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रले शिक्षकका माग पुरा गर्नुभन्दा पनि सरकारले उनीहरुलाई होच्चाउने र अपमानीत गर्ने काम गरेको जनाएको छ भने शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पुरा गर्न पनि माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News