२०८२ बैशाख ११, बिहीबार १८:२५

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसनमा उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेको बताए ।

उनले भने, ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ । त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’

मिसन ८४ एमालेलाई राष्ट्रिय शक्ति बनाउने चुनाव भएको ओलीले जिकिर गरे ।

आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको भन्दै उनले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएकाले सचेत हुन आग्रह गरे ।

प्राप्त उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नु पर्ने भन्दै उनले भने, ‘युवाले देश बनाउने संकल्पलाई गर्नुपर्दछ, संकल्पलाई साकार पार्नुपर्दछ ।’

Comment


Related News

Latest News

Trending News