२०८२ बैशाख १२, शुक्रबार ०७:२४

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मिथलेश कर्ण मोटरसाइकलमा यात्रा गरिरहेका क्रममा जिपको ठक्करबाट घाइते भएका छन् ।

वडाध्यक्ष कर्णलाई मोटरसाइकलमा सवार अवस्थामा तीव्र गतिमा विपरीत दिशातर्फबाट आइरहेको जिपले ठक्कर दिँदा बुधबार साँझ घाइते भएका थिए । घटनापछि स्थानीयहरूले तत्कालै उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगेका थिए । अस्पतालले दिएको जानकारी अनुसार वडाध्यक्ष कर्णको अवस्था क्रमिक सुधार हुँदै गएको छ ।

दुर्घटनापछि उपचारको क्रममा उनलाई सान्तवना दिनेको भीड नै लागेको थियो । सोक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि पनि अस्पताल पुगेका थिए । उनले अस्पतालमा पुगेर वडाध्यक्ष कर्णको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग जानकारी लिएका थिए । नेता निधिले कर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

वडाध्यक्ष कर्ण नेपाली कांग्रेसका स्थानीय तहका सक्रिय नेता रहे पनि उनी भने स्वतन्त्र रुपमा खरायो चिन्हबाट वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

Comment


Related News

Latest News

Trending News