२०८२ बैशाख १२, शुक्रबार ०७:४०

खुला सीमानाकामा खटिएका सुरक्षाकर्मीहरुको लागि अवैध माछाको कारोबार चुनौती बन्दै गएको छ । माछा तस्कर हरुले खडा गरेको साम्राज्यको कारण वीगञ्ज क्षेत्र आसपासबाट माछाको तस्करी सुरक्षाकर्मीहरुको लागि चुनौती बन्दै गएको छ ।

सशस्त्र प्रहरीले पर्साको विभिन्न स्थानबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको सामग्रीसहित दुईवटा पिकअप नियन्त्रणमा लिएको छ । बिहीबार वीरगञ्ज महानगरपालिका–२५ स्थित ड्राइपोर्ट – परवानीपुर सडकखण्डबाट सशस्त्र प्रहरीको टोलीले माछा लोड गरिएको बोलेरो पिकअप गाडीसहित दुईजना युवकलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा भित्र्याइएको माछा परवानीपुर हँुदै बाहिर जाँदै गरेको अवस्थामा प्रदेश ०३– ००१–च–७९९२ नम्बरको सेतो रंगको बोलेरो गाडी नियन्त्रमा लिइएको सशस्प्रहरीले जनाएको छ । बोलेरो रोकेर चेकजाँच गर्दा त्यसमा लोड गरिएको माछाको कागजात नमिलेको कारण भन्सार चलान गरिएको जनाइएको छ । गाडीमा करिब १,९२० के.जी. माछा लोड गरिएको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालक वीरगञ्ज–२५ का ३४ वर्षीय सरोज सहनी मलाहा र बारा, विश्रामपुर गाउँपालिका–५ का १८ वर्षीय सहचालक भोला कुमार कुशवाहालाई पक्राउ गरेको छ ।

बरामद गरिएको माछाको मूल्य लगभग ४ लाख रुपैयाँ सहित गाडीको मूल्य २२,००,००१ रहेका सशस्त्र प्रहरीको दाबी रहेको छ । ंयुक्त मूल्य २६,०३,२०१ रुपैयाँ बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र सिंहले जानकारी गराएका छन् । बरामद गरिएको माछा पठाउने फर्म वा खरिद गर्ने व्यक्तिको नाम सशस्त्र प्रहरीले खुलाएको छैन । य स अ िघ वैशाख १० गते, सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगरस्थित सिर्सिया खोलाको पुल नजिकैबाट चोरी पैठारी गरिँदै गरेको सामानसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

ना.१५ प.३६८८ नम्बरको हिरो होण्डा मोटरसाइकलको पछाडि सिटमा लोड गरिएको एक थान एसी सहित भारत, बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लाका ५२ वर्षीय विनोद प्रसादलाई सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो । मोटरसाइकल र एसीको संयुक्त मूल्य करिब १,१०,००० रुपैयाँ रहेको जनाइएको छ । दुवै घटनामा संलग्न व्यक्तिहरू, सवारीसाधन र सामग्रीहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा सशस्त्र प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News