२०८२ बैशाख १२, शुक्रबार १२:२७
आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ ।
सुनको भाउ एक हजार रुपैयाँले घटेर ताेलाकाे एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ रहेकाे थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर ताेलाकाे दुई हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १० रुपैयाँ रहेकाे थियाे ।


