२०८२ बैशाख १२, शुक्रबार १२:५१

भारत प्रशासित राज्य जम्मु-कश्मीरको बान्दीपोरामा अहिले आतंककारी र सुरक्षा बलबीच मुठभेड भइरहेको छ।

भारतीय सेनाको चिनार कोर्प्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मुठभेड जारी रहेको जानकारी दिएको हो।

पोस्टमा भनिएको छ, ‘आतंककारीहरूको उपस्थितिबारे विशेष सूचनाका आधारमा भारतीय सेना र जम्मु-कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेको छ।’

सेनाका अनुसार आतंकवादीहरूसँग मुठभेड जारी छ।

यसअघि बिहीबार जम्मु-कश्मीरको उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिक मारिएका थिए।

मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिएका थिए। तर कतिपय भारतीय सञ्चारमाध्यमले मारिएकाको संख्या २८ पनि उल्लेख गरिरहेका छन्।

जसमा नेपाली युवा सुदीप न्यौपाने पनि छन्।

Comment

Related News

Latest News

Trending News