२०८२ बैशाख १२, शुक्रवार १२:५१

भारत प्रशासित राज्य जम्मु-कश्मीरको बान्दीपोरामा अहिले आतंककारी र सुरक्षा बलबीच मुठभेड भइरहेको छ।

भारतीय सेनाको चिनार कोर्प्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मुठभेड जारी रहेको जानकारी दिएको हो।

पोस्टमा भनिएको छ, ‘आतंककारीहरूको उपस्थितिबारे विशेष सूचनाका आधारमा भारतीय सेना र जम्मु-कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेको छ।’

सेनाका अनुसार आतंकवादीहरूसँग मुठभेड जारी छ।

यसअघि बिहीबार जम्मु-कश्मीरको उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिक मारिएका थिए।

मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिएका थिए। तर कतिपय भारतीय सञ्चारमाध्यमले मारिएकाको संख्या २८ पनि उल्लेख गरिरहेका छन्।

जसमा नेपाली युवा सुदीप न्यौपाने पनि छन्।

Comment

Related News