२०८२ बैशाख १३, शनिबार १९:४६

भारतको विहार राज्यका क्याविनेट मन्त्री केदार प्रसाद गुप्ताले नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउ विहार सरकार सदैव तत्पर रहेको बताएका छन् ।

शनिबार कानु समान नेपाल, धनुषा आयोजित जनकपुरधाम नगर समिति र युवा समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले नेपालको विकासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सदैव सकारात्मक रहेको बताए । उनले विहारका मुख्यमन्त्री नितीस कुमारले पनि नेपालको विकासका लागि यहाँका नेताहरुसंग निरन्तर वार्ता गर्ने गरेको जानकारी दिए । उनले समाजको आर्थिक, राजनितिक, समाजिक र शैक्षिक उत्थानका लागि सबै जना संगठीथ हुनु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले सम्पूर्ण जातजाती, भाषा भाषीलाई एक जुठ भएर विकासोन्मुख राष्ट्र निर्माणमा लाग्न आग्रह गरे । उनले नेपाल र भारतको विकास एक अर्काविना सम्भव नहुने जनाउँदै दुबै देशका सरकारलाई समन्व गरेर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

मन्त्री गुप्ताले नेपाल अहिले पनि संसारमै एक मात्र हिन्दू राष्ट्र भनेर चिनिने गरेको बताए । उनले नेपालको यस पवीत्र भूमिमा आफू आएकोमा गर्वभान्वित महसुस गरेको उल्लेख गरे ।

Comment


Related News

Latest News

Trending News