२०८२ बैशाख १३, शनिबार १९:०५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार शिक्षकहरूको माग सम्बोधन गर्नुको साटो अपमान गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको आरोप लगाउनुभएको हो ।

अदालतले आदेश जारी गरिसक्दा पनि सरकार समाधान खोज्नतर्फ नलागेको भन्दै अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र) शिक्षकहरुसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News