२०८२ बैशाख १४, आईतवार ०७:३८

भारतको कश्मीरमा भएको आतंकवादी आक्रमणमा परी जीवन गुमाएका रुपन्देही जिल्ला बुटवलका सुदीप न्यौपानेसहित २८ जना आत्माहरूको सम्झनामा संवाद फाउन्डेशनद्वारा नेपालका चार प्रदेशमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

बागमती प्रदेशको चितवनमा, मधेश प्रदेशको महोत्तरीमा, लुम्बिनी प्रदेशको रुपन्देहीमा र कोशी प्रदेशको मोरङ जिल्लामा एकैसाथ श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

महोत्तरी जलेश्वरको बुद्धिजीवि चौकमा संवाद महोत्तरीको जिल्ला संयोजक सुमन चौधरीको नेतृत्वमा, चितवनको दीपेन्द्र चोकमा संवाद चितवनको संयोजक सजय मण्डलको संयोजनमा, रुपन्देही लुम्बिनी पालिकाको मलिवारा चोकमा संवाद रुपन्देहीका संयोजक जितेन्द्र गुप्ताको संयोजनमा तथा मोरङ विराटनगरको पुष्पलाल चोकमा मोरङ संयोजक सुनील यादवको नेतृत्वमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमहरूमा मौनधारण गरी दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गरिएका साथै, उपस्थित विभिन्न वक्ताहरूले आतंकवाद मानवतामाथिको गम्भीर प्रहार भएको भन्दै यसविरुद्ध नेपालसहित सम्पूर्ण राष्ट्रहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

“आतंकवादविरुद्ध सबै राष्ट्र एक होऔँ” भन्ने मूलनाराका साथ सम्पन्नउक्तकार्यक्रममा राष्ट्रिय एकता, शान्ति र मानवीयमूल्यहरूको संरक्षणमा जोड दिइएको थियो ।

Comment


Related News

Latest News

Trending News