२०८२ बैशाख १४, आईतवार १६:५८

नेपाली कांग्रेस धनुषाले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

पार्टीको सबै सहमहामन्त्रीलाई बदनाम गर्ने गरि शुक्रवारको प्रतिनीधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा राखेको धारणा विरुद्व कारवाहिको मांग गर्दै आईतबार ज्ञापन पत्र बुझाएका छन् । सयौंको संख्यामा जुलुस निकालेर जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका कांग्रेसका नेता तथा कार्यकर्ताले लिङ्देन विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

नेपाली कांग्रेस धनुषाले लिङ्देनको गैरराजनितीक, बिना आधार प्रमाणको कपोकल्पित अभिव्यक्तिले पार्टीका सबै सहमहामन्त्री र प्रतिष्ठामाथी नै आँच आउने काम भएकाले प्रमाण दिन नसके लिङदेनलाई कारवाहि हुनुपर्ने मांग अघि सारेको छ ।

ज्ञापन पत्र बुझाउन नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, पदाधिकारीहरु, मन्त्री तथा प्रदेश सांसद शेष नारायण यादव, प्रदेश सांसद कुमरकान्त झा, प्रदेश सदस्य जिवनाथ चौधरी लगायतका सयौं नेता तथा कार्यक्रताहरु पुगेका थिए ।

Comment

Related News

Latest News

Trending News