२०८२ बैशाख १४, आईतवार १७:१३

प्रहरीले शिक्षक आन्दोलनमा तीन जना प्रहरीसहित २३ जना घाइते भएको जनाएको छ।

आइतबार काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप हुँदा २३ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। तीन जना प्रहरी, एक जना पत्रकार र अन्य १९ जना शिक्षक घाइते छन्।

उनीहरूको ट्रमा सेन्टर, सिभिल अस्पताल र एभरेष्ट अस्पतालमा उपचार भइरहेको हो।

प्राइम टाइम टेलिभिजनकी पत्रकार सबिना कार्कीको आँखा भौममा चोट लागेको हो। उनको ट्रमा सेन्टर हुँदै तिलगंगा अस्पतालमा लगिएको छ।

एसपी बोहराका अनुसार प्रदर्शनमा एक लाख बराबरको क्षति पुगेको छ। प्रहरीको ब्यारिकेड भत्काएर क्षति पुगेको एसपी बोहराले बताए।

शिक्षक महासंघले भने झडपको क्रममा ६१ जना शिक्षकहरू घाइते भएको बताएको छ।

Comment


Related News

Latest News

Trending News