
जनकपुरधाममा टिभिएसको एक्सचेन्ज मेनिया आईतबारबाट सुरु भएको छ ।
यो एक्सचेन्ज मेनिया अफर बैशाख १९ गत्तेसम्म जनकपुरधामको बाह्रविघा मैदानमा चल्ने टिभिएस मोटसाईकलको जनकपुरधामस्थित अधिकृत बिक्रेता आर्यन्स अटो मोबाईल्सका सञ्चालक रामबालक महतोले जानकारी दिए ।
यस एक्सेन्ज मेनिया अफर अन्तर्गत कुनै पनि कम्पनिको मोटरसाईकल कुनै पनि कन्डिसनमा एस्केचन्ज गर्न सकिने व्यवस्था गरिएको सञ्चालक महतोले जानकारी दिए । उनले कुनै पनि कन्डिसनको मोटरसाईकलको न्यून्तम भ्यालुएसन रु तीसहजार हुने जानकारी दिएका छन् । त्यस्तै, यस एक्सचेन्ज मेनियामा नयाँ मोटरसाईकल खरीदमा १ लाख सम्मको क्यास डिस्काउनट पाउने अवसर रहेको उनले बताए । साथै ७.९९ प्रतिसत ब्याजदरमा १८ महिनासम्मकालागि इएमआईको व्यवस्था पनि रहेको उनको भनाई छ ।
मोटरसाईकल एक्सचेन्ज तथा नयाँको खरीदमा हेलमेट, बाईक कभरलगायतका एसेसिरिजहरु फ्रिमा पाईने जनाइएको छ । त्यस्तै, दुई वर्ष सम्म स्पेयर पार्टस, ईन्जिन आयलका साथै सर्भिसिङ पनि फ्रि रहेको सञ्चालक महतोले बताए ।