२०८२ बैशाख १५, सोमबार १४:४८

काठमाडौंमा सहकारी पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका छन्।

सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्। उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन्।

प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए। पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन्।

सहकारी पीडितहरू बचत फिर्ताको माग गर्दै लामो समयदेखि आन्दोलनमा छन्।

Comment


Related News

Latest News

Trending News