२०८२ बैशाख १५, सोमबार १७:३८

भारतले सोमबार फ्रान्ससँग २६ वटा राफेल सामुद्रिक विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

भारतका तर्फबाट रक्षा सचिव राजेशकुमार सिंहले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअन्तर्गत भारतले फ्रान्सबाट २२ वटा एकल सिटर विमान र ४ वटा डबल सिटर विमान खरिद गर्नेछ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार यी विमान आणविक बम प्रहार गर्ने क्षमताले सुसज्जित हुनेछन्। रिपोर्टअनुसार फ्रान्ससँगको यो सम्झौता झन्डै ६३,००० करोड रुपैयाँको हो।

हतियार खरिदका सन्दर्भमा भारतको यो सम्झौता फ्रान्ससँग अहिलेसम्मकै ठूलो हो।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा अप्रिल २३ मा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले विमान खरिद प्रस्ताव अनुमोदन गरेको थियो।

जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ मा २६ जना मारिने गरी भएको आतंकवादी हमलापछि यो बैठक राखिएको थियो।

Comment

Related News

Latest News

Trending News