२०८२ बैशाख १६, मंगलवार १३:३५

महोत्तरीको मनरा शिसवा नगरपालिका-१ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ बस्ने विकेश सिंहको छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९ पथरघाटा लक्ष्मीपट्टी गाउँ बस्ने रूपेश सिंहको छोरा ९ वर्षीय आयुष कुमार सिंहको सोमबार राति मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनीहरूको नगर अस्पताल मनरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News