२०८२ बैशाख १७, बुधबार ०७:५०

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका इन्जिनियर दीपेन्द्र कुमार साहमाथि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

इन्जिनियर साहले जनकपुर कार्यालयमा भ्रष्ट्राचार र अनियमितता गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबारे आयोगले अनुसन्धानको लागी बोलाएको खानेपानी मन्त्रालयका एक कर्मचारीले पुष्टि गरेका छन् । खानेपानी तथा ढल व्यपस्थापन योजना कार्यालयमा निमित कार्यालय प्रमुख भएको समयमा उनले अनियमिता गरेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

इन्जिनियर साहको कार्यशैलीबाट आफूहरु आजित भएको कर्मचारीहरुले मन्त्रालयमा दर्ता गरएको उजुरीमा उल्लेख छ । उनले गरेको भ्रष्ट्राचारका बिरोधमा संघीय खानेपानी मन्त्रालय र विभाग, अख्तियार र सतर्कता केन्द्रमा पनि उजुरी परेको छ । गत फागुन १८ गते कामु सिडिइ लोकेन्द्र प्रसाद यादवको मेलम्ची खानेपानी विकास समिति काठमान्डौ सरुवा गरिए लगतै जनकपुर कार्यालयको कामलाई गतिदिन संघीय खानेपानी मन्त्रालयले १९ गते नै इन्जिनियर साहलाई खटाएको थियो ।

फागुन २२ गते देखि निमित प्रमुखको रुपमा कार्यभार पाएका साहको विरोधमा उक्त कार्यालयका कर्मचारीहरु दुइहप्ता नबित्दै खानेपानी मन्त्रालयमा ६ बुंदे संयुक्त निवेदन दर्ता गराएका थिए । मन्त्रालयमा दर्ता गराइएको निवेदनमा निमित प्रमुख साहले सरकारी नीति विपरित सेक्युरिटी गार्ड बहाल गरेको उल्लेख गरिएको छ ।

साथै निमित प्रमुखले अधिकारनै नपाउने स्वकीय सचिव राखेको उल्लेख छ । साहले करारका सबै कर्मचारीलाई हटाए लगतै सुनिल अधिकारीलाई करारमा वहाल गरेको निवेदनमा उल्लेख छ । नया दर्ता चलानी खडागरी सुनिल अधिकारीलाई नै जिम्मा दिएको बताइन्छ । चलानीको आधारमा होटलबाट कार्यालय चलाउदै निमित प्रमुख साहले कार्ययोजनाहरु बितरण गरेको जनाइएको छ ।

आयोजना प्रमुखका रूपमा काम गर्दै साहले होटलबाट सिरहा, राजविराज र गौशालाका व्यक्तिहरुलाई १० हजारमा कार्ययोजनाको पत्र प्रदान गर्ने र १० प्रतिशत कमिशनमा उपभोक्ता समितिहरुलाई कार्ययोजनाहरु बितरण गरी व्यापक भ्रष्टाचार गरेपछि कर्मचारीहरुको विरोधको क्रम बढेको बताइन्छ ।

निमित्त कार्यालय प्रमुख साहले पहिलाका कार्यालय प्रमुखले दिएर सुरु भइसकेका कार्ययोजनाहरुका उपभोक्ता समितिको समानान्तर समितिहरु खडागरी स्थानीयबिच नै बिवाद सृजना गर्न थालेपछि कतिपय सांसद समेत साहको बिरोध गरिरहेका छन् । सत्ताधारी गठबन्धन दलका स्थानिय कार्यकर्ता बिच सुरु भएको बिवादको बिरोधमा खानेपानी मन्त्री प्रदिप यादव समक्ष साहको सरुवाको लागी तीनवटै जिल्लाका संघीय सांसदहरु हारगुहार समेत गरेको बताइन्छ ।

कार्यालयका कर्मचारीहरुद्धारा तालाबन्दी र सत्ताधारी गठबन्धन दलका सांसदहरुको बिरोध पछि इन्जिनियर साहको मन्त्रालयमा सरुवा गरिएको बुझिएको छ । उनले गरेको भ्रष्ट्रचार बारेमा अख्तियारले बयानको लागी बोलाएको कुराको सत्यताबारेमा साहलाई पटक पटक फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन । केही उपभोक्ता समितिहरुसंग लिएको अग्रीम १० प्रतिशत कमिशनलाई मिलाउन इन्जिनियर साह जनकपुर आयोजना कार्यालयमा पुनः निमित कार्यालय प्रमुखकै हैसियतमा बहाली गरिनु पर्ने मांग गर्दै हिडेको कर्मचारीहरुको आरोप छ ।

Comment


Related News

Latest News

Trending News