२०८२ बैशाख १७, बुधबार १४:०७

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

चौधरीलाई कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

यसअघिको मुद्दामा कैद भुक्तान बाँकी रहेकाले फैसला कार्यान्वयनका लागि सर्वाेच्च अदालतको आदेशमा पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग आज हुने भनिएको पार्टी एकता घाेषणा कार्यक्रमअघि रेशम चौधरी पक्राउ परेका हुन् । चाैधरी पक्राउ परेपछि पार्टी एकता घाेषणा कार्यक्रम स्थगित भएकाे सीके राउतले जानकारी दिनुभयाे ।

२०७२ सालको भदौमा टीकापुरमा भएको घटनामा चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर २०८० साल जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै रिहा भएका थिए ।

Comment


Related News

Latest News

Trending News