नेकपा(एमाले) धनुषाले यहि बैशाख २० गत्तेदेखि हुने ८ औं अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ ।
बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एमाले पोलिटब्यूरो सदस्य एवम पूर्व मन्त्री जुली महतोले जिल्ला अधिवेशन बारे जानकारी दिनुका साथै लोगो र नारा सार्वजनिक गरेका हुन। ८ औं अधिवेशनको नारा धनुषा जिल्लाको समृद्धि र सुखीको आधार तीनै तहमा नेकपा (एमाले) को सरकार रहेको छ ।
अधिवेशन बैशाख २० गत्तेदेखि २२ गत्तेसम्म चल्ने छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका विरिष्ट उपाध्यक्ष विष्णु पौडेलले गर्ने महतोले जानकारी दिईन । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली आउने तयारी गरेकोमा हाल बजेट निर्माणका लागि कार्यव्यवस्तता भएकाले वरिष्ट उपाध्यक्षले उद्घाटन गर्ने जानकारी दिईन ।
वडाको भूगोल र आरक्षण कोटामा समावेसितालाई मध्येनजर गर्दै जम्मा ६५० जना प्रतिनिधीले अधिवेशनमा भाग लिने उनले बताईन ।
७७ जिल्लामध्ये ७६ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । धनुषा जिल्ला अधिवेशन बाँकी रहेको अन्तिम जिल्ला हो ।



