२०८२ बैशाख १८, बिहीबार ०७:२३

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवाले अहिले नेपाल भ्रमणमा छन् । उनी आएसंगै भेटघाटले पाएको तीव्रताबाट राजनीतिक घटनाक्रममा बद्लाव देखिन थालेको छ ।

भारत–पाकिस्तान विवादका कारण नेपाल–भारतको सीमानाका पूर्ण रुपमा थप कडाइ गरिएको छ । विशेषगरि नेपाल–भारतको सीमानाकामा पर्ने मधेश प्रदेशको आठ वटै जिल्ला खुला सीमा अवस्थित रहेको छ । भारतको जम्मु कश्मीर राज्यस्थित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादीहरुले हत्या गरेपछि उत्पन्न घटनाक्रमलाई मध्यनजर गरी प्रहरीले थप सतर्कता बढाइएको जनाएको छ ।

आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत– पाकिस्तानबीच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेको अवस्थामा भारत भएर नेपाल हुँदै पाकिस्तानी नागरिकहरुले पनि सहजै प्रवेश गर्न सक्ने स्थितिको आकलन गरी मधेश प्रदेशमा प्रहरीले थप सतर्कता अपनाएको छ ।

पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्लाका विभिन्न नाकामा रहेका प्रहरी युनिटलाई सीमानाकामा थप कडाई गर्न निर्देशन दिएको जानकारी दिए । उनले सीमानाकामा थप कडाई गर्नुका साथै शंका लागेका व्यक्तिको परिचय पत्र हेरेर मात्र जान दिन निर्देशन दिएका छन् । गृहमन्त्री रमेश लेखकसंग इन्चार्ज डा. विजय चौथाइवाको भेटघाटमा नेपाल–भारत सम्बन्ध दृढ रहेको र यसलाई कुनै विषयले असर नपर्ने जनाएको छ । सो भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु– कश्मीरमा भएको आक्रमणको निन्दासमेत गरे । मन्त्री लेखकले उक्त घटना दुखद् भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताए ।

Comment


Related News

Latest News

Trending News