२०८२ बैशाख १८, बिहीबार ०७:३३

परीक्षा बोर्ड लहान कार्यालयका प्रमुख धनपति भेटवाल र शाखा अधिकृत चन्द्रदेव यादवले कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल गरेको आरोप लागेपछि केन्द्रमा तानिएका छन् ।

उनीहरुमाथि आरोप लागेपछि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले छानबिनसमेत थालिएको जनाएको छ । गत सोमबार नै उनीहरूलाई केन्द्रले छानबिन थालिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनीहरूविरुद्ध विस्तृत छानबिन पनि थालिएको शर्माले बताए । उनले बदमासी गर्नेहरूमाथि कानुन बमोजिम कारबाहीमा पर्ने बताए ।

त्यस्तै बोर्डले लहानस्थित कार्यालयमा भेटवालको ठाउँमा नयाँ प्रमुखका रूपमा संजय पाण्डेलाई पठाएको जनाइएको छ । सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा गरी पाँच जिल्ला हेर्ने यो कार्यालयले प्रति विद्यालय ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुलेको र भनेकै ठाउँमा केन्द्र पारिदिएको आरोप उनीमाथि लागेको छ ।

Comment


Related News

Latest News

Trending News