२०८२ बैशाख १८, बिहीबार १५:१४

पेस्तोल पड्काएर नाचेको भिडिओबारे जनता समाजवादी पार्टी (जसपा)नेपालकी नेताले बबीसिंह यादवले प्रहरीलाई प्रष्टीकरण दिएकी छन्।

बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा उपस्थित भएर यादवले प्रहरीलाई उक्त भिडिओबारेको जानकारी गराएकी हुन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी  ढकेन्द्र खतिवडाले उक्त पेस्तोल नक्कली भएको बयान दिएकी छन्।

‘त्यो नाचेको भिडिओ उहाँको मामाघरमा बिहेको समयमा खिचिएको रहेछ,’ एसपी खतिवडाले भने। ‘नक्कली पेस्तोल हो।  बिहेमा रमाइलोका लागि पड्कायौं,’ नेता यादवको भनाइ उद्धृत गर्दै एसपी खतिवडाले भने। एसपी खतिवडाका अनुसार त्यस्ता पेस्तोल बारूद हालेर पड्काउन मिल्छ।

‘५/७ हजारमा पाइँदो रहेछ। सक्कली हो कि नक्कली हामी बुझ्दै छौं,’ उनले भने। उनका अनुसार घटना सर्लाहीको भएका कारण पेस्तोल पनि सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही प्रहरीका डिएसी सरोज राईले पेस्तोल नियन्त्रणमा लिएको बताए।  ‘भिडिओ आएपछि बिहीबार नै पेस्तोल जस्तो देखिने वस्तु नियन्त्रणमा लिएका छौं। परीक्षणका लागि काठमाडौं पठाउँदै छौं,’ उनले भने।

डिएसपी राईका अनुसार घटना वैशाख ११ गतेको हो। ‘मलंगवा नगरपालिका-५ स्थित बसन्त कुमारको छोरीको हल्दी कार्यक्रममा पड्काइएको रहेछ,’ उनले भने।

पड्काइएको पेस्तोल मलंगवा-२ स्थित अन्जन कुमारको घरबाट बरामद गरिएको उनले बताए।  घटनामा अन्य व्यक्तिलाई पक्राउ गरिएको छैन।  यसबारे अनुसन्धान भइरहेको उनले बताए।

Comment


Related News

Latest News

Trending News