
वैदेशिक रोजगारीमा साउदी अरबमा काम गरिरहेका प्रमोद साहको स्वास्थ्य अवस्था निकै दयनीय छ । उनको उपचारमा कम्पनीले वास्ता नगर्दा अस्पतालले भने उपचारका लागि ढिला सुस्ती गर्न थालेपछि प्रमोदका परिवारजनले नेपाल ल्याएर यहीँ उपचार गर्ने भने पनि नेपाल सरकार, साउदी अरबस्थित नेपाली राजदूतवाससमेत गम्भीर नहुँदा उनको स्वास्थ्य उपचारदेखि नेपाल ल्याउनका लागि समेत बेवास्ता गरेको देखिएको छ ।
केही साता अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पीडित परिवारजनलाई फोन गर्दै यसैसातामा गम्भीर घाइते भएर विरामी रहेका प्रमोललाई नेपाल ल्याइने सक्ने भनेको करिब तीन साता वितेको छ । साउदी अरबस्थित नेपाली राजदूतावासको समन्वयमा आउने पक्कापक्की भए पनि अन्तिम क्षणमा भने विमानस्थलबाटै विरामीलाई फर्काइएको थियो ।

साउदी अरबका लागि नेपाली राजदूतावासका काउन्सिलर श्रम कविराज उप्रेतीले सम्पूर्ण प्रक्रिया पूरा भइसकेको भन्दै नेपाल उड्नका लागि टिकट लिएर विमानस्थल जान प्रमोदलाई भनेका थिए । उनी साथीको सहयोगमा विमानस्थल पुगे पनि प्रक्रियामा त्रुटि रहेको भन्दै फर्काएपछि उनले तत्कालै काउन्सिलर उप्रेतीलाई सम्पर्क गरे पनि उनी भने सम्पर्कमै आएनन् ।
टिकटका लागि उप्रेतीले २८ हजार नेपाली रुपैयाँ लिएका थिए । उनी बिहीबार दिनभर नै अलपत्र अवस्थामा रहे । विरामी प्रमोदको स्वास्थ्य अवस्थालाई बेवस्ता गर्दै नेपाली राजदूतावसले भने गम्भीर लापरवाही गरेको आरोप लगाइएको छ । श्रम मन्त्रालय र नेपाली राजदूतावसको कार्यालयले समेत गम्भीर घाइते भइ विरामी रहेका प्रमोदको स्वास्थ्यप्रति चिन्तित नहुँदा उनको स्वास्थ्यसंग खेलवाड भइरहेको उनका बुवा सर्यूग साहले गुनासो गरे ।
विरामी प्रमोदसंग रहेको करिब तीन हजार रियालसमेत उप्रेतीले उद्धारका लागि रकम खर्च हुने भन्दै लिए पनि न त सहीढंगले उपचार नै भइरहेको छ न त नेपाल ल्याउनका लागि चासो नै देखाएको आरोप उनका एक सहयोगीले लगाए । अहिले उनका भाइ राम साह भने दाजु प्रमोदको उद्धारका लागि कहाँ जाने भन्दै भौतिरिरहेका छन् ।
काठमाण्डुस्थित श्रम मन्त्रालयमा कयौँ पटक गए पनि विचौलिया र दलालसंग नै भेटेर कुराकानी गर्न मन्त्रालयकै केही कर्मचारीले भनेको सुनाउँछन् । र सोही अनुसार भेटघाट गर्दा रकम खर्चिन भन्ने गरेको सुनाउँदै उनी भन्छन्, ‘त्यति रकम कहाँबाट ल्याउने