२०८२ बैशाख १९, शुक्रबार ०७:४६

मनोज ग्यास उद्योग र बिक्रेता विनय लालमाथि ग्यास सिलिण्डरमा तौल कम भएको ग्यास बिक्री गरेको आरोपमा उजुरी दर्ता भएको छ ।

उपभोक्ता सनोज साहले मनोज ग्यास खरिद गर्दा ४ किलो ग्यास कम देखिए पछि सो मनोज ग्यास उद्योग प्रालि र बिक्रेता लालमाथि कम तौलको ग्यास सिलिण्डर बिक्री गरेको आरोप लागेको छ ।

ग्यास कम भएको पाइएपछि पीडित उपभोक्ता सनोज साह र उनका दाजु सरोज साहले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन् ।

गत वैशाख १६ गते दर्ता गरिएको उजुरीमा कालोबजारी र उपभोक्ता ऐन अनुसार छानबिन गरी कारबाहीको माग गरेको छ । कार्यालय प्रमुख सुनिल चौरसियाले यस विषयमा गम्भीरतापूर्वक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।

पीडित साहले आफूलाई जिल्ला प्रशासन कार्यालयबाट सिलिण्डर तत्काल ल्याउन बारम्बार दबाब आइरहेको गुनासो गरे ।

Comment


Related News

Latest News

Trending News