२०८२ बैशाख १९, शुक्रबार ०७:४९

मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमै योजनावद्ध ढंगले आन्दोलन तुहाउनका लागि बम विस्फोटन भएको १३ वर्ष पूरा भएको छ ।

तर मिथिला राज्यको माग गर्दै आन्दोलन थालेका तत्कालीन आन्दोलनकारी समूह अहिले भने वार्षिकोत्सव कार्यक्रम गरी औचापरिकता पूरा गर्ने गरेको भूमिकामा अघि देखिएका छन् । जनकपुरधामस्थित रामानन्द चोकमा २०६९ साल वैशाख १८ गते भएको बम विस्फोटनको घटना भएको १३ वर्ष पूरा भए पनि आन्दोलनकारीहरु अब आन्दोलन भन्दा पनि अवसर खोज्दै भौतारिरहेका छन् ।

मिथिला राज्यको माग गर्दै भइरहेको शान्तिपूर्ण धर्नामा गरिएको विस्फोटमा पाँच जनाको ज्यान गएको थियो । सो क्रममा दर्जनौं घाइते भएका थिए । सो बम विस्फोटनमा परी कलाकार रञ्जु झा, झगरु मण्डल, विमल शरण दास, दीपेन्द्र दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो । विस्फोटका योजनाकार पूर्वराज्यमन्त्री संजयकुमार साहसहित आधा दर्जनभन्दा बढी अभियुक्तहरूलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाए पछि अहिले उनी सिरहास्थित कारागारमा छन् ।

१३औं बलिदानी दिवसका अवसरमा मिथिला राज्य संघर्ष समितिले शहीदको सपना अझै अधुरो रहेको बताउँदै मिथिला र मैथिलीको पहिचानसहितको राज्य स्थापनाको माग भने जारी रहेको जिकिर गरेका छन् ।

Comment


Related News

Latest News

Trending News