२०८२ बैशाख १९, शुक्रबार ०७:५३

नेपाल–भारत सीमानाकामा जिल्ला प्रहरी कार्यालय पर्साले थप निगरानी बढाएको जनाएको छ ।

भारतबाट पर्साको वीरगञ्जस्थित नेपाल प्रवेश गर्नेलाई सरकारी परिचय पत्र देखाउन अनिर्वाय गरेको छ । वीरगञ्ज सीमानाका भएर भारत जान वा भारतबाट नेपाल प्रवेश गर्न सरकारी नागरिकता परिचयपत्र अनिवार्य देखाउनुपर्ने नियम लागु गरेको छ । यसका साथै नाकामा प्रहरीले ‘स्पेशल डग’ समेत परिचालन गरी चेकजाँचसहितको निगरानी राख्न थालिएको छ ।

पर्सा प्रहरीका प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्लाको सबै नाकाका प्रहरी चौकीलाई सीमानाकामा थप कडाई र सतर्कता अपनाउन निर्देशन दिए । सो निर्देशनलाई पालना गर्दै नेपाल–भारत सीमानाकामा थप कडाईका साथ निगरानी बढाइएको एसपी मिश्रले बताए । एसपी मिश्रले भने, ‘सीमानाका भएर लागुऔषधको ओसार पसार पनि भइरहेको छ । हामी सबै हिसावले सतर्कता बढाएका छौँ, अहिले पाकिस्तानी र बंगलादेशी नागरिक वीरगन्ज नाका भएर नेपाल प्रवेश गर्न सक्ने अवस्थाको आकलन गरेर पनि थप निगरानी बढाएका छौँ ।’

भारत–पाकिस्तनास्थित जम्मु कश्मीर राज्यको पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादीहरुले हत्या गरेपछि उत्पन्न घटनाक्रमलाई मध्यनजर गरी पर्सा प्रहरीले थप सतर्कता बढाएको छ । आतंकवादी हमलापछि दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबीच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेको अवस्थामा भारत भएर नेपालभित्र पाकिस्तानी र बंगलादेशी नागरिकले प्रवेश गर्न सक्ने स्थितिको आकलन गरी पर्सा प्रहरीले थप सतर्कता अपनाइएको एसपी मिश्रले बताए ।

Comment


Related News

Latest News

Trending News