२०८२ बैशाख १९, शुक्रबार ०७:५८

जनकपुरधामस्थित गंगासागर पोखरीको उत्तरतर्फको घाट गुपचुप रुपमा रातारात एक समूहले तोडफोड गरेको छ ।

सो अपरिचित समूहले कसैको जानकारीविना नै शुरु गरिएको निर्माण कार्यलाई स्थानीय वासिन्दा र गंगासागर छठ पूजा समितिले अवैध भन्दै बुझ्न खोजेपछि सो समूहले तोडफोड गर्न छाडेर फरार भएका थिए ।

गंगासागर छठ पूजा समितिले दिएका जानकारी अनुसार गंगासागर पोखरी धार्मिक तथा ऐतिहासिक रुपमा आस्थाको केन्द्र रहेको भनदै गंगासागरको घाट भत्काउँदै गरेको देखेपछि तुरुन्त बन्द गराइएको छ । गंगासागर छठ पूजा समितिका एक पदाधिकारीले भने, ‘कसैले निर्माणको जिम्मा लिएको छैन, होर्डिङबोर्ड छैन, कागजात देखाउँदा नसक्ने ठेकेदारहरु आएर घाट तोड्न थाले । यस्तो गैरजिम्मेवार गतिविधि स्वीकार्य छैन ।’ स्थानीयहरुले ठेकेदारलाई कागजात देखाउन आग्रह गर्दा उनीहरुले आफूलाई कुनै ‘इञ्जिनियरले’ निर्देशन दिएको मात्र बताएका थिए । तर कुन निकायका इञ्जिनियर भन्ने खुलाएनन् ।

गुठी संस्थान जनकपुरका प्रमुख आनन्द प्रसाद कर्माचार्यले आफूलाई यस घटनाबारे जानकारी नभएको बताए ।

Comment


Related News

Latest News

Trending News