२०८२ बैशाख १९, शुक्रबार १५:५५

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । त्यसअघि नीति तथा कार्यक्रम सम्बोधनका लागि राष्ट्रपति पौडेल नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पुग्नु हुँदा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगाएतले स्वागत गरेका थिए भने नेपाली सेनाले एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलव्धीप्रति जनतालाई गौरववोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले अराजकता फैलाउनेविरुद्ध सरकार दृढ रहेको भन्दै गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने स्पष्ट पार्नुभयो । उहाले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने उल्लेख गर्दै यसका लािग आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याइने बताउनुभयो ।

राजनीतिक स्थीरतालाई निरन्तरता दिदै नीतिगत स्थीरता सुनिश्चित गर्ने सरकारको लक्ष्य सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । बिकास निर्माणका क्रममा देखिएका कमजोरीलाई सुधार गर्न ढाँचा परिवर्तन गर्ने, बिगतमा घोषणा गरिएका बिकासका कार्यक्रमलाई पुन प्राथमिकिकरण गर्ने, स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगत गर्ने र खारेज गर्ने समेत सरकारको कार्यक्रममा उल्लेख छ । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।

 

Comment


Related News

Latest News

Trending News