२०८२ बैशाख १९, शुक्रबार १७:२१

सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने बताए।

सरकारले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो। सत्तारुढ दलहरूबीच सहमति जुट्न नसक्दा भूमि अध्यादेश निष्क्रिय भएको थियो।

राष्ट्रियसभामा निर्णायक रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकारले बाध्य भएर अन्य ५ अध्यादेश पारित गरेर भूमि अध्यादेश निष्क्रिय बनाउन सहमत भएको थियो।

Comment

Related News

Latest News

Trending News