२०८२ बैशाख २०, शनिबार १९:१३

भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

जम्मु–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावकाबीच भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले जारी गरेको सूचना अनुसार पाकिस्तानमै उत्पादन भई भारत आउने सबै वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको छ ।

अप्रिल २२ तारिखमा कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानले आफ्नो आकासमा एक अर्काका विमान उड्न रोक लगायत प्रतिबन्ध लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News