पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले सोमबार ५ मे २०२५ साँझ ५ बजेका लागि राष्ट्रिय सभा (नेसनल एसेम्बली) को विशेष सत्र आह्वान गरेका छन्।
राष्ट्रपति जरदारीले पाकिस्तानको संविधानको धारा ५४ को धारा १ ले दिएको अधिकार प्रयोग गरेर राष्ट्रिय सभाको अधिवेशन बोलाएका हुन्।
सञ्चारमाध्यमका अनुसार यो सत्र हालको राष्ट्रिय सभाको १६औँ सत्र हुनेछ।
यसअघि शनिबार रक्षामन्त्री ख्वाजा आसिफको अध्यक्षतामा परामर्श बैठक बसेको थियो।
जसमा राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरिएको थियो।
सोमबार बस्ने राष्ट्रिय सभा बैठकमा भारतको सम्भावित आक्रमण र कारबाहीको निन्दा गर्ने प्रस्ताव पारित गरिने बताइएको छ।
गत महिना अन्त्यतिर पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले राष्ट्रिय सभामा भारतको हालैको आक्रामकता र एकपक्षीय कार्यको निन्दा गर्दै एक प्रस्ताव पेस गरे, जुन सर्वसम्मतिले पारित भयो।
अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना मारिएका थिए। जसमा एक नेपाली सुदीप न्यौपाने पनि परे।


