मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि सहिद परिवारका सदस्यहरु धर्नामा बसेका छन् ।
उनीहरुले रोजगारी दिने प्रदेश सरकारको झुठो आश्वासनको विरोध गरेका छन् । उनीहरुले मधेश प्रदेश सरकारले जागेर दिएकाहरु लाई तलब नदिने गुनासो गरेका छन् । उनीहरुले एक एक गरि जागिर दिएकाहरुलाई पनि हटाएको गुनासो गरेका छन् । सहिद परिवारका सदस्यलाई मन्त्रालय भित्र छिर्न पनि नदिने गरेको उनीहरुको आरोप छ । विगतको लालबाबु राउतको सरकारले दिएको सुविधाहरुमा पनि कटौती गरेर जनमतको सरकारले आफूहरुको सुविधा खोसेको उनीहरुको आरोप छ । उनीहरुले आफ्नो मागहरु पूरा नभए मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बस्ने र माग पूरा नहुनजेलसम्म कतै नजाने चेतावनी दिएका छन् ।
यता, मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले सहिद प्रतिष्ठान ऐन प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको र उक्त ऐन जारी भएपछि सहिद परिवारका सदस्यहरुको सम्पूर्ण समस्या समाधान हुने प्रतिक्रिया दिएका छन् ।


