२०८२ बैशाख २१, आईतवार १८:०२

मधेश प्रदेश सरकारले यही वैशाख २३ गते (मंगलबार) सार्वजनिक विदा दिएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक विदा दिने जनाएको हो ।

मंगलबार जानकी नवमी-सीता जयन्तीको अवसरमा उक्त विदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

साथै, आगामी जेठ २८ गते कबिर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News