२०८२ बैशाख २२, सोमबार १३:१७

धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर “पद्मविभुषण” जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्नु भएको छ ।

सोमबार जनकपुरधाम आउनुभएका रामानदाचार्य स्वामी राभद्राचार्य महाराजलाई जनकपुरवासीले भव्य स्वागत गरेका छन् । उनले गर्भगृहमा पूजा गर्नुका साथै प्रसाद ग्रहन समेत गरेका छन् । सो क्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै स्वामी रामभद्राचार्य जी महाराजल सम्पूर्ण हिन्दूहरुलाई एक भएर धर्मप्रति भइरहेको आक्रमणविरुद्ध लड्न आग्रह गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News