२०८२ बैशाख २३, मंगलवार १५:५६

जनकपुरधामलाई सफा सुन्दर र पलास्टिकमुक्त बनाउन जनकपुरधामका केही युवाहरुले प्रयास थालेका छन् ।

मंगलबार जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा जानकी नवमीको भीडभाडबीच केही युवा र विद्यायलका छात्र छात्राहरुले हातमा प्लेकार्ड बोकेको दृश्यले सम्पूर्ण आउने जाने व्यक्तिहरुको ध्यानाकर्षण गरेको थियो । उनीहरुले बोकेको बोर्डमा मैथिली भाषामा ‘हमर आहाँके परिकल्पना पलास्टिक बिनाके जनकपुरधाम’, ‘हमरा फेहन जनकपुर नै सफा जनकपुरधाम चाही’, ‘स्वच्छ जनकपुर गर्वान्वित जनकपुरवासी’, ‘सफा स्वच्छ जनकपुरधाम अप्पन शान, अप्पन सम्मान’ लगायतका सन्देशमूलक सूचनाहरु लेखिएको थियो ।

जनकपुरवासी घरबाट निस्किने वित्तिकै जताततै फोहर र दुर्गन्धबाहेक अरु कुरा देख्न नसकेकोले सम्पूर्ण जनकपुरवासीलाई ध्यानाकर्षण गराउन आफूहरुले प्लेकार्ड बोकेर जानकी मन्दिरसहित भीडभाड हुने ठाउँहरुमा जनचेतना फैलाउन खोजेको प्लेकार्ड बोकेका श्रीवेन्द्र यादवले बताए ।

जनकपुरधाममा फोहरले बिकराल रुप लिएको र यसको समाधान अन्य निकाय भन्दा जनकपुरवासी स्वयमले जिम्मेवार भएर गर्नुपर्ने भन्दै सन्देश दिन प्लेकार्डसहित उभिएको कार्ड नेपालका जनार्दन भण्डारीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News