२०८२ बैशाख २३, मंगलवार १७:४९

बाराको फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, लेखा अधिकृत मुकेश प्रसाद साह र नेपाल मिडिया हाउस प्रा.लि.का प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

उनीहरूले सार्वजनिक खरिद ऐन विपरीत सूचना गोप्य राखी झुट्टा विवरणसहितको बिलमार्फत रु. १ लाख ४२ हजार १६० रकम भुक्तानी गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार मिडिया हाउस र उसका निर्देशकलाई पनि मुख्य कसूरदार सरह कारबाही हुनुपर्ने मागसहित आरोपपत्र पेश गरिएको हो।

Comment

Related News

Latest News

Trending News