२०८२ बैशाख २४, बुधबार १२:४५

आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ ।

सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ आज हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News