२०८२ बैशाख २४, बुधबार १४:४२

गएराति भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा आफ्नो परिवारका १० सदस्य मारिएको  मसुद अजरहरले बताएका छन्।

अजहर राष्ट्रसंघद्वारा आतंकवादी घोषित व्यक्ति हुन्। उनी जैस ए मोहम्मद नामक आतंकवादी संगठनका मुखिया पनि हुन्।

अजहरले पाकिस्तानको बहावलपुरस्थित शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा परिवारका १० सदस्य र चार निकट सहयोगी मारिएको बताएका हुन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै जैस ए मोहम्मदले अजहरका दिदी, भिनाजु, भान्जा, उनीकी पत्नीसहित पाँच बालबच्चा मारिएको बताएको छ।

२०१९ मा कस्मिरमा ४० भारतीय जवानको ज्यान जानेगरी भएको हमला जैस ए मोहम्मदले नै गराएको थियो।

Comment


Related News

Latest News

Trending News