२०८२ बैशाख २५, बिहीबार ०७:२७

नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा शीर्ष नेताले मञ्चबाटै मधेश प्रदेश सरकारको सहयात्रीसमेत रहेका आफ्नै पार्टीबाट मन्त्री बनेकाहरुको विरुद्धमा बोलेको आक्रोशमा अधिवेशन भाँडिएको तथ्य खुलेको छ ।

एमालेका महासचिव शंकर पोखरेललाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो । तर उनको विकल्पमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रमुख अतिथिको रुपमा आए । पोखरेलले मन्तव्य दिने क्रममा मधेशका जनप्रतिनिधि, मन्त्रीसमेतले योजनाहरू बिक्री गरेको भन्दै सार्वजनिक मञ्चबाटै बोले । पार्टीका मन्त्री, जनप्रतिनिधि विरोधीहरूसँग साँठगाँठ गर्दै बदनाम भइरहेको र यस्तो गतिविधि बढ्दै जाँदा पार्टी र देशको भविष्य बर्बाद हुने उनले टिप्पणी गरे ।

उनले भनेका थिए, ‘ हाम्रा सबै जनप्रतिनिधि, अनेक ढंगले विरोधीसँग मिलेर बदनामी भएका छन्। बदनामी कति भएका छन्, मधेस प्रदेशमा योजना बिक्री भएका छन् । हामीलाई थाहा छैन के हो? योजना बिक्री भएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘१० प्रतिशत खाएका छन्। मन्त्रीले खाएका छन् । स्थानीय तहका जनप्रतिनिधिले खाएका छन्, यी बदनामीवाला कुरा सुन्दा हाम्रो मन दुखेको छ। भगवानसँग प्रार्थना गरौं यहाँ यस्तो नहोस्, मानी लिउ यहाँ पनि भएको छ भने पार्टी डुब्छ कि डुब्दैन ? कति ठूलो टोपी पहिरिएका छौं, त्यसको अर्थ छैन, तर पार्टी डुब्छ, देशको भाग्य र भविष्य पनि डुब्छ, बरबाद हुन्छ, त्यसैले यस्तो गर्ने अधिकार कसैलाई छैन।’

नेतृत्व तहका नेताले आफ्नै पार्टीका मन्त्रीलाई सार्वजनिक कार्यक्रममा योजना बिक्री गरेको आरोप लगाएपछि उनीहरू क्रूद्ध बनेको एमालेका प्रतिनिधिहरुको बुझाइ छ ।

Comment


Related News

Latest News

Trending News