२०८२ बैशाख २५, बिहीबार ०७:३४

जनकपुरधामस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशाला सम्बन्धी गुठी संस्थानको निर्णयपछि निर्माण प्रक्रिया नै अवरुद्ध भएको छ । निर्माण प्रक्रिया अवरुद्ध भएपछि सोको निकासको खोजी कार्यका लागि अहिले भौँतारिन बाध्य भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको पहलमा रजौलस्थित गुठीको १७ बिघा जग्गा लिजमा लिएर रंगशाला निर्माण गर्ने तयारी भइरहेको बेला गुठी संस्थानले सो जग्गाको वार्षिक भाडा ५१ लाख रुपैयाँ तोकेर दिनुपर्ने भन्दै परिपत्र गरेपछि निर्माण प्रक्रिया नै अन्योलमा परेको छ । सो निर्णयको निकासको खोजीका लागि पूर्वमन्त्री राम सरोज यादव, जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साहसहित एक टोलीले मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई भेटेर पहलकदमी लिन आग्रह गरेका छन् ।

टोलीले रंगशालाको महत्व र जनकपुरधामको विकासमा त्यसको योगदानबारे जानकारी गराउँदै गुठी संस्थानको निर्णय तत्काल संशोधन गर्न माग गरे । गुठी संस्थानले यसअघि सोही क्षेत्रको नौ बिघा जग्गा राष्ट्रिय खेलकुद परिषद्लाई मात्र नौ लाख रुपैयाँ वार्षिक भाडामा दिएको थियो । त्यसको तुलना गर्दा अहिले जनकपुरधाम उपमहानगरपालिकालाई प्रस्ताव गरिएको ५१ लाखको भाडा अनौठो र विभेदकारी देखिएको भन्दै गुनासो समेत गरे ।

मुख्यमन्त्री सिंहले जनप्रतिनिधिहरूको मागलाई गम्भीर रूपमा लिने आश्वासन दिँदै आवश्यक छलफलपछि प्रदेश सरकारको तर्फबाट पहलकदमी लिने बताए । यसका साथै उनले विकासका काममा कुनै अवरोध नआओस् भन्नेतर्फ सरकार प्रतिवद्ध रहेको बताए ।

Comment


Related News

Latest News

Trending News