संघीय लोकतान्त्रिक मोर्चाको बैठकले विभिन्न निर्णहरु गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले विभिन्न चार निर्णयहरू गरेको जनाइएको छ ।
सो बैठकबाट वैशाख ९ गते मंगलवार मित्रराष्ट्र भारतको काश्मीर स्थित पहलगाममा आतंकवादीहरुले आक्रमण गरी नेपाली नागरिक सुदिप न्यौपाने सहित २८ जना भारतीय पर्यटकको गरेको हत्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण बताउँदै उक्त मानवता विरोधी जघन्य अपराधको घोर भत्र्सना गरेको छ ।
आतंकवादको विरुद्धमा गरिने सबै खाले संघर्ष र कारबाहीप्रति आफूहरूको ऐक्यवद्धता रहेको समेत जनाएको छ । यसका साथै नेपाली नागरिक सुदिप न्यौपानेको परिवारलाई क्षतिपूर्ति, सहयोग र रेखदेख गर्न नेपाल सरकारसँग आग्रह गरेको जनाएको छ ।
त्यस्तै बैठकबाट वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई राज्यद्वारा गरिएको गैरकानुनी गिरफ्तारीको घोर भत्र्सना र विरोध गरेको छ ।
त्यस्तै सो गैरकानुनी कार्यमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग समेत गरेको छ । मधेश जनविद्रोह, आन्दोलन, किराँत लिम्बुवान आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा मुद्दा लगाइ जेलमा राखिएका राजवन्दीहरुलाई विना सर्त रिहाइ तथा झुठा मुद्दा लगाइएकाहरूको मुद्दा खारेज गर्न नेपाल समेत बैठकबाट सरकारसँग माग गरेका छ ।
नेपाल सरकारद्वारा विभिन्न आन्दोलनरत पक्षसँग विभिन्न समयमा गरिएका सम्झौताहरूलाई तत्काल कार्यान्वयन गर्न समेत मार्चाको बैठकबाट माग गरेको छ ।


